दशैं नेपालका अधिकांस जनताले मनाउछन । कतिले उत्साह संगै मनाउदै होलान कतिले दुखले भरिएको आफ्नो जीबनमा जहा सांझ बिहानको जोहोको लागि पनि हरेक पसिना संग कुस्ति खेल्न परिराखेका लागि पनि यो दशैले बाटो तताएको हुन्छ । जस्तोसुकै होस चाहे त्यो गरिब बा धनि होस सबैको मनले स्वीकारेको छ यो दशैलाइ ।
रितुहरुको राजा बसन्त पछिको राम्रो समय शरद रितु बाताबरण मनोरम छ । धानका बाला जताजतै झुल्दैछन । घर घरमा भएका बुटीहरु मौलाएका छन । एउटा छुट्टै उमङ्ग छाएकोछ सबैमा । कामका लाति शहर पसेका गाँउ फर्कदैछन । बर्षभरी जीन्दगीलाइ सफल बनाउन जुटेका ती मनहरु मनमा नयाँ जोस र जाँगरका साथ दशै मनाउने ठूलो उमङ्ग संगै गाँउको त्यो सुमधुर यादलाइ फेरी ताजा बनाउदै घर परिवार आफन्तहरु संग भेटहुने आशाले आएको दशैलाइ अंगाली रहेका छन । कतिका घरमा दशैंमा खसि ढाल्ने तयारी हुदै छ । साना साना नानीहरु आफ्ना बाबा आमालाइ यो दशैमा नया नाना चाचाको लागि रोइ कराइ राखेका छन । कस्तो मिठो हुन्छ त्यो बालापन जतिखेर चाचा नानाको लागि धक मारेर रोइन्छ त्यो रुबाइलाइ सहन नसकेर आमाले काखमा राखेर बाबु नरोउ ल मेरो कान्छुलाइ नयाँ चाचा किन्दीन्छु नी कस्ले भन्यो किन्दीन्न भनेर आमाका यति शब्द सुनिसकेपछि टाउको माथि गरेर आमालाइ हेर्दै हि हि हि गर्दाको त्यो क्षणको उमंग सायद भोग्नेलाइ मात्र थाहा होला । कति न्यानो अंगालो हुन्छ आमाको कति माया भरिएको हुन्छ त्यो ममतामा ।
घटस्थापनाको दिन दशैं घरमा जमरा र दुर्गामाताको आह्वाहन गरी गहूँ र जौलाइ त्यही सूर्यको किरण नपर्ने ठाँउमा केरा अथबा टपरीमा माटो राखेर छिटीसकेपछि बिधिबत रुपमा भित्रिन्छ हिन्दुहरुमा दशै । प्रत्यक दिन दुर्गा पाठ हुन्छ जहाँ जस्तो चलन छ । दक्षिण तिरका मधेसी हिन्दुले यो नौ दिनलाइ नबरात्रको रुपमा आफ्नै रिती अनुसार चोक अथावा दुर्गाको मन्दिरमा ठूलो मूर्ति स्थापना गरी नौ दिन सम्म बिधिबत पुजा आराधना गरी मनाउने गर्दछन र नवरात्रको अन्तिम दिन आह्वाहन गरेर राखेको दुर्गाको मुर्तिलाइ बिसर्जन गरेर मनाउने गर्दछन ।
कति पयका घरमा लोर्के खसि संगै दशैको शुभकामना साट्ने तयारी पनि भइरहेको छ होला । हामि मांसहारी धेरै छौ दशैमा मासु खानु पर्छ भन्ने मान्यता राख्ने र अबोध निरीह जनावरको आत्मामाथि प्रहार गरेर दशै मनाउने गर्दछौ । दशैं मनाउनको लागि हामिले मांसनै खानुपर्छ भनेर त शास्त्रमा लेखेको छैन । हामि आफ्नो आबश्यकता अनुरुप समाजको रितीलाइ ढाल्ने प्रयास गर्छौ कति सही पनि हुन्छ कति गलत हामिलाइ थाहा हुदैन । दशै हाम्रो संस्कार र आफ्नै महत्व बोकेको संस्कृति पनि हो । दशैं नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो पर्व हो । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, ब्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ”विजया दशमी” का नामले पनि चिनिन्छ । हिन्दू चन्द्र मासिक पञ्चाङग गणँनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पूणिँर्मा ९कोजागरत० सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ ्र यो तिथिमा माता दुर्गाले महिसासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणँलाई वध गरेर मानवजातिको कल्याणँ गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा ९घटस्थापना०, सप्तमी ९फूलपाती०, महाअष्टमी, ९कालरात्री०, महानवमी,विजयादशमी,र पूणिँमा ९कोजाग्रत० दशैंका प्रमुख तिथिहरु हुन ।
नबरात्रिको अन्तिम दिन घटस्थापनाको दिन आह्वान गरेर पूजा गरीएको मूर्तिलाइ बिसर्जन गरी दशमीका दिन पूजा आराधना गरी टिकाको सही साइतमा घरका सम्पूर्ण सदस्य जम्मा भइ मर्यादाक्रम संगै रातो टिका जमरा सहीत टिका ग्रहण गर्ने र गराउने प्रकृया सुरु हुन्छ दहिमा चामल र रातो अबिरले रङ्गाएको टिका र घामले नभेट्टाएको ठाँउमा उमारेको ९ दिन सम्मको गहू र जौको उम्रदै गरेको जमरा आफ्ना मान्यजनले धारण गरिदिदै आर्शीबाद दिदा पक्कै दशै आएको भान हुन्छ । टिका पश्चात घरम बनेका मिठा मिठा परिकार खानेर र त्यसपछि सबै आ आफ्ना आफन्तजनकहाँ जाने प्रकृया सुरु हुन्छ । त्यो दिन जता ततै मेला लाएको भान हुन्छ सबैका निधारमा रातो टिका कानमा पहेलो जमरा सायद यस्तो चलन कहि कतै छैन होला यो सन्सारमा । सबै आ आफ्नै गन्तब्यमा जाने तरखरमा देखिन्छन टिका लगाइसके पछि जताततै रमाइलो बाताबरण देखिन्छ ।
चोक चोकमा मनोरञ्जनको लागि ठाँउ अनुसारका पिङ लगाइएको हुन्छ । धेरै केटा केटी पिङ खेल्नका लागि लाइन लागेका । पिङमा हुच्चिदै चाचाहुइ चाचाहुइ गर्दै रमाएको छ तलबसेर हेर्नेले त्यो आनन्द अब चाडै पालो आएपछि लिन पाइन्छ भनेर खुसिसाथ कतिखेर पालो आउछ भन्दै कुरेर बसिरहेका छन । धेरैदिनमा एकै ठाँउमा भेटभएका एकआपसमा बर्षभरीका आफ्ना अनुभब सुनाइ रहेका छन दुख सुखका तिता र मिठा । बर्षभरी सुनो भएको गाँउघर यो एक महिना निकै रमाइलो लाग्छ त्यो सहर भन्दा कति फरक र अर्कै स्वादले । छुट्टै पहिचान र आफ्नै महत्बका साथ भित्रिएको हाम्रो साझा पर्ब सौहर्दपूर्ण बाताबरणमा मनाउनु हाम्रो कर्तब्य हुन आउछ । अरुको देखासिखी गर्नुभन्दा आफ्नो गक्ष्य अनुसार जे छ त्यसैमा खुसि भएर एकआपसमा माया र सद्भाब बाँड्दै भित्रीएको दशैलाइ मनाउने हो भने दशैको महत्वपनि राम्रो संग झल्किन्छ।।।।।।।।।।।।।।।

0 comments:
Post a Comment