नेपाली चलचित्र क्षेत्रमा राम्रो दखल राख्दै ‘हाईवे टु धम्पुस’ सम्मको यात्रा तय गरेका अभिनेता राजबल्लभ कार्यकारी निर्माता रहेको फिल्म हो ‘राघव’ । यो फिल्म निर्माण ताका निकै चर्चामा थियो किनकी राजबल्लभले यो फिल्म निर्माण गर्न लागेका थिए ।आफ्नो पैसा हालेर फिल्म निर्माण गरि आफै हिरो हुने चलचित्र क्षेत्रमा राजबल्लभ निर्माता बनेर मात्र उभिएका थिए । उनको फिल्मको ९० प्रतिशत भन्दा बढी छायांकन अमेरिकाको विभिन्न सहरमा भएको थियो । तर यतिबेला ‘राघव’ हलमा रिलिज नभई सिधै युट्युबमा आयो । उनको फिल्म २०७१ को बैशाखमा प्रदर्शनमा आउने कुरा थियो तर आएन । ‘राघव’ युट्युबमा आउनुलाई विभिन्न मान्छेले विभिन्न तरिकाले विश्लेषण गरेका छन् । तर सिधै युट्युबमा किन आयो त भन्ने प्रश्नमा ‘नेपालमा रिलिज गर्ने प्रयास गरेका हौ तर हाम्रो टीम मध्येको कोहि पनि नेपालमा नभएपछि रिलिज गर्न गाह्रो भयोे’ राजबल्लभ भन्छन ।‘राघव’ टीमको यो प्रयास धेरैकै लागि अनौठो पनि हो । ‘हामीले अमेरिका , अष्ट्रेलिया र युकेमा रिलिज गर्यौ अब फिल्म राख्दा पुरानो हुने भएकोले पनि हामीले यस्तो गर्ने निर्णय लिएका हौ किनकी हाम्रो सोच हाम्रो सिर्जनालाई दर्शकको माझमा पुर्याउनु थियो र हामीले फिल्म दर्शकलाई सुम्पेका छौ’ राजबल्लभले बिस्तृतमा कारणलाई प्रस्ट्याए । यस किसिमको प्रयास पहिलो हो । फिल्ममा शिविर पोखरेल , अस्मिता ढकाल , रकिन व्यंजनकार, अशिष्मा नकर्मी लगायतको अभिनय रहेको छ । फिल्मलाई भुपेन्द्र भट्टराईले निर्देशन गरेका हुन् ।

0 comments:
Post a Comment